धुलाबारीमा छरपष्ट अवस्थामा चाँदी फेला

<span class='c1'>धुलाबारीमा छरपष्ट अवस्थामा</span> <span class='c2'>चाँदी फेला</span>

मेचीनगर । धुलाबारी बजारमा सोमबार छरपष्ट अवस्थामा चाँदी फेला परेको छ । छरिएको अवस्था चाँदी देखिएको प्रहरीले जनाएको छ । धुलाबारीदेखि ढकाल चोकसम्मको सडकखण्डमा चाँदी छरिएको अवस्थामा भेटिएको हो ।
सानो दाना टल्किएको अवस्थामा सडकमा भेटिएपछि दिनभरी बजारमा हेर्नेको घुँइचो लागेको थियो । पछि चाँदी भन्ने प्रमाणित भएपछि अवस्था केही शान्त भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
सो क्षेत्रमा आइतबार र सोमबार चोरीका घटना नभएकाले चाँदी कहाँबाट कसरी आयो भन्ने प्रमाणित गर्ने नसकिएको इप्रका धुलाबारीले जनाएको छ । चाँदी हराएको बारेमा कुनै निवेदन नआएको इप्रका धुलाबारीले जनाएको छ । चाँदी कसरी छरियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्