युवतीलाई बेच्न भारत लाने युवालाई कारागार चलान

<span class='c1'>युवतीलाई बेच्न भारत लाने</span> <span class='c2'>युवालाई कारागार चलान</span>

बिराटनगर फाल्गुन १०

एक महिलालाई बेचबिखन गर्न भारततर्फ लैजाने दुईजनालाई मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सोमबार कारागार चलान गरिएको छ । स्रेस्तेदार ध्रुव ढकालका अनुसार बेलबारी–११ का ३३ वर्षीय योगेश भन्ने वासुदेव राई र सुनसरी इटहरी–६ का ३१ वर्षीय कैलाश पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालतका न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सोमबार दिउँसो भएको बहसका क्रममा उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार ध्रुव ढकालले जानकारी दिनुभयो ।
गत माघ १५ गते २९ वर्षीया एक महिलालाई उनीहरुले विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानीले विराटनगर २० हुलास मेटल नजिकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्