ईन्द्रपुरमा बुधबारदेखी केविआरयू गोल्डकप हुने

<span class='c1'>ईन्द्रपुरमा  बुधबारदेखी केविआरयू</span> <span class='c2'> गोल्डकप हुने</span>

विराटनगर ११ फागुन / सगरमाथा युथ क्लव इन्द्रपुर पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप मोरङको इन्द्रपुरमा बुधबारखदेखी शुरु हुने छ ।
सगरमाथा युथ क्लवका अध्यक्ष जनार्दन बास्तोलाले बास्तोलकाका अनुसार फागुन १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सात र भारतका एक गरी आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लव काठमाण्डौ एपिएफ क्लव काठमाण्डौ, मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, चर्जब्याइज क्लव काठमाण्डौ, रुपन्देही ११, रमपम झापा ११, दार्जिलिङ युथ क्लव भारत र आयोजक सगरमाथाम युथ क्लवको सहभागिता रहने छन् ।
प्रतियोगिताको बिजेता टोलीले दुई लाख एक हजार एकसय एघार र उपविजेता टिमले एक एक हजार एकसय एघार नगद र ट्रफि हात पार्ने छन् । प्रतियोगिता सञ्चालनकालागि ३२ लाख खर्च हुने अध्यक्ष बास्तोलाले बताइएको छ । अध्यक्ष बास्तोलाका अनुसार ७० बर्ष भन्दामाथिका बृद्धबृद्धा र १० बर्ष भन्दा कम उमेरका बलवालिकालाई निशुल्क खेल हेर्ने व्यावस्था मिलाएको छ । प्रतियोगिता आन्तरीक कारणले गर्दा दुई बर्ष सम्मे प्रतियोगता स्थगित भएको थियो ।
बुधबारको उदघाटन खेल चर्जब्याइज क्लव काठमाण्डाले आयोजक सगरमाथा युथ क्लव विच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्