बसन्त हरियालीमा बैज्ञानिक बन ब्यबस्थापन

<span class='c1'>बसन्त हरियालीमा बैज्ञानिक</span> <span class='c2'>बन ब्यबस्थापन</span>

मोरङको जाँते–९ स्थित वसन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । मंगलबार सामुदायिक वनले औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै वन व्यवस्थापन कार्य शुरु गरेको हो ।
३३८.१६ हेक्टर क्षेत्रफलमा फैलिएको वसन्त हरियाली सामुदायिक वनले पहिलो चरणमा ३.७६ हेक्टर क्षेत्रफलमा पुराना रुखहरु कटान गरी झाडी सफाई गर्न थालिएको वनका अध्यक्ष कृष्ण लुईटेलले बताउनुभयो । वनको दिगो व्यवस्थापन तथा जैविक विविधताको संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापन आवश्यक रहेको बताउँदै लुईटेलले भन्नुभयो ‘उपभोक्ताहरुले वनबाट सुविधा प्राप्त गर्नुका साथै नयाँ विरुवाहरु हुर्किने छन्।’
वैज्ञानिक व्यवस्थापनबाट वनको उत्पादन क्षमता वृद्धि हुने सामुदायिक वनका उपाध्यक्ष वीरबहादुर चेम्जोङ्ले बताउनुभयो । दुुई सय ३५ वटा रुखहरुबाट १० हजार क्यूबिक फिट काठ÷कू–काठ निस्कने वनका कोषाध्यक्ष सन्तबहादुर राईले जानकारी दिनुभयो । कोषाध्यक्ष राईका अनुसार कटान रुखबाट करिब ४५ लाख बराबरको आम्दानी हुनेछ । समुदायका सबै व्यक्तिहरु लाभान्वित हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्