द्रिष्टीबिहिन दम्पति परिवारलाई आर्थिक सहयोग

द्रिष्टीबिहिन दम्पति परिवारलाई आर्थिक सहयोग

विजय धिमाल
उर्लावारी १२ फागुन
मोरङको उर्लाबारी नगरपालिका १ खोर्सानिबारीका द्रिष्टीबिहिन दम्पति राजकुमार र इन्दिरा राईकी छोरीको इनिस्ताको पढाई लगायत विविधकुराहरुमा सहजहोस भनि आर्थिक सहगोग भएको छ ।
दम्पति र छोराछोरीको अवस्था बारे बिभिन्न मिडियाहरुमा समाचार आएपछि राजघाट २ सिसौलीका दम्पति टिकाराम र संगिता लिम्बु अष्टे«लियामा रहँदारहदै सहयोग गर्नुपर्छ भन्ने मनसायले नेपाल आएको मौकापरी पन्द्र हजार रकम सहयोग गरेको दम्पति लिम्बुल बताउछन् । कुराथप्दै आगामि दिनहरुमा जे जति हुन्छ रकम जम्मा गर्दै जने र आफुले चिनेजानेका व्यक्ति साथै संघसंस्थाहरु प्रति सहयोग गर्न आग्रह गर्नेछौँ । इनिस्ताकी बुवाआमा नै द्रिष्टीबिहिन हुन । परिवारको जिविकोर्पाजन चलाउन दम्पति मुढा बुनि बेच्ने गर्दै आएका छन् । दम्पतिका दुई सन्तान छन् । जस्मा ७ वर्षिया जेठी छोरी इनिस्ता हुन । इनिस्ता उर्लावारी १ आइतबारे स्थित सेन्ट स्टिफेशन सेकेन्डरी स्कुल युकेजिमा अध्ययानरत छिन ।
सो रकम बालिकाको पढाईमा लाग्ने स्टेशनरी, लत्ताकपडा लगायत चाहिने विविध कुराहरुको कमि नहोस भन्ने उद्देश्यले उर्लावारी १ आइतबारे स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थामा स्थानिय समाजसेवि अग्नि प्रसाद लिम्बुको संरक्षणमा रहनेगरी खाता खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्