ललितपुरको चर्जब्याइज क्लव सेमिफाईनलमा प्रवेश

<span class='c1'>ललितपुरको चर्जब्याइज क्लव</span> <span class='c2'>सेमिफाईनलमा प्रवेश</span>

DSC_1060प्रेम देवान
विराटचोक - १२ फागुन,
साविक विजेता आयोजक पिएलओ सगरमाथा युथ क्लवलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै ललितपुरको चर्जब्याइज क्लव सेमिफाईनलमा प्रवेश गरेको छ। सगरमाथा युथ क्लवको आयोजनामा कोशी हरैचाको इन्द्रपुर खेल मैदानमा पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप बुधबार देखी सुरु भएको छ ।

अतिनै प्रतिस्पर्धात्मक खेलमा ललितपुरले वाजी मार्न सफल भएको छ । डिबक्स नजिकैबाट आयोजकका सुरेन खवासले प्रहार गरेको फ्रि किकले जाली चुमेपछी आयोजकले अग्रता लिएको थियो ।त्यसको सातौं मिनेटमा वान भर्सेज वानमा किपरलाई विट गर्दै भुबन बस्नेतले गोल गर्न सफल भएका थिए । ४२२ मिनेटमा दोजे्र लामाले डिबक्स नजिकबाट हानेको फ्रि किकले जाली चुमे पछी अग्रता कम गरेका थिए । त्यस्तै चर्चकै मिकेन तामाङले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए ।

खेल सकिन १० सेकेण्ड मात्रै बाकी रहदा चर्चकै दोर्जेले पुनः एक गोल गर्र्र्दै टिालाइ जित दिलाएका थिए । खेलको म्यान अफदी म्याच चर्चका आदर्श नेवार घोषित भए । प्रतियोगिताको बिजेता टोलीले दुई लाख एक हजार एकसय एघार र उपविजेता टिमले एक एक हजार एकसय एघार नगद र ट्रफि हात पार्ने छन् । प्रतियोगिता सञ्चालनकालागि ३२२ लाख खर्च हुने अध्यक्ष बास्तोलाले बताएका छन् । भारत र भुटानका एक एक र नेपालका ६ वटा टिम सहभागिता रहेको छ ।

चका अध्यक्ष जनार्दन बास्तोलाले बास्तोलकाका अनुसार फागुन १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सात र भारतका एक गरी आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लव काठमाण्डौ एपिएफ क्लव काठमाण्डौ, मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, चर्जब्याइज क्लव काठमाण्डौ, रुपन्देही ११, रमपम झापा ११, दार्जिलिङ युथ क्लव भारत र आयोजक सगरमाथाम युथ क्लवको सहभागिता रहने छन्। अध्यक्ष बास्तोलाका अनुसार ७० बर्ष भन्दामाथिका बृद्धबृद्धा र १० बर्ष भन्दा कम उमेरका बलवालिकालाई निशुल्क खेल हेर्ने व्यावस्था मिलाएको छ । प्रतियोगिता आन्तरीक कारणले गर्दा दुई बर्ष सम्मे प्रतियोगता स्थगित भएको थियो। बुधबारको उदघाटन खेल चर्जब्याइज क्लव काठमाण्डाले नेपाल आर्मीको त्रिभुवन क्लव काठमाण्डौ एपिएफ क्लव काठमाण्डौ खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्