रुपन्देही ११ केविआरयु गोल्ड कपको सेमिफाईनलमा प्रबेश

<span class='c1'>रुपन्देही ११ केविआरयु गोल्ड</span> <span class='c2'>कपको सेमिफाईनलमा प्रबेश</span>

प्रेम देवान
विराटचोक १३ फागुन,
विराटचोकमा संचालन भएको पिएओ कोशीहरैचा चौथो केवीआरयू कन्दङ्वा गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुदै समिफाईनलमा प्रवेश गरेको छ ।

सगरमाथा युथ क्लव कोशी हरैचाको आयोजनामा विहीबार सम्पन्न खेलमा भूटानको फ्रेण्डस क्लवलाई रुपन्देही ११ बुटबलले टाइव्रेकरमा दुईका विरुद्ध चार गोलले पराजित गरी सेमीफाईनलमा प्रबेश गरको हो ।
निर्धारित ९० मिनेटमा गोल रहीत बराबरी र थप गरिएको २२विस मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमारुपन्देहीको तर्फबाट पिटर,अनिल गरुङ, दोना थापा र कालु थापाले गोरेका थिए भने भुटानका वर्तमान राई र मौसाले गोल गर्न सकेका थिए ।सेसीसोको प्रहार रुपन्देहीको गोल किपर दिलीप क्षेत्रीले बचाएका थिए भने सेरिङको प्रहार बाहिरीएको थियो ।

खेल सुरु भएको पहिलो मिनेटमा नै रुपन्देहीका भिक्टोरले दिएको पासलाई अमर डंगोलले गोल गर्न चुकेका थिए । नौ मिनेटमा भुटानका वर्तमान राईले दिएको क्रस पासलाई मौसाले गरको प्रहार बाहीरीहेको थियो ।
मध्यान्तर पछी दुवै टिमले बारम्बार गोल गर्ने अबसर चुक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । थप गरिएको २वीस मिनेटको १० औं मिनेटमा रुपन्देहीका शिव श्रेष्ठले वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । खेलको म्यान अफ द म्याच रुपन्देहीका कालु थापा घोषीत भए । खेल पस्चात भुटानका प्रशिक्षक सुरेन्द्र सेर्माले रेफ्रीको गलत निर्णयले पराजित हुन पुग्यो । उता रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीले पाएको अबसरलाई सदुपयोग नगर्दा खेलको निर्णय ट्राईबेकरबाट हुन पुग्यो । शुक्रबार ससस्त्र प्रहरी वलको एपीएफ र भारत को दाजिर्लिङ–११ वीच तेस्रो क्वाटर फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्