उर्लाबारीमा बृहत च्याउ तथा मह प्रदर्शनी हुने

उर्लाबारीमा बृहत च्याउ तथा मह प्रदर्शनी हुने

उर्लाबारी

उर्लाबारीमा च्याऊ तथा मह मेला प्रदर्शनी हुने भएको छ । विनय च्याऊ उद्योग उर्लाबारी–६ र मेलिफेरा मौरीपालन सहकारी संस्था उर्लाबारी–२ को संयुक्त आयोजनमा यहि फागुन २२ देखि २४ गतेसम्म च्याऊ तथा मह मेला प्रदर्शनी हुने भएको हो ।
उर्लाबारी–६ मंगलबारेस्थित रिमझिम होटल छेउको खाली जग्गामा मेला आयोजना गरिने आयोजक समितिले जानकारी दिएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै च्याऊ तथा मेला मह प्रदर्शनीबारे जानकारी दिइयो ।
तीन दिनसम्म चल्ने मेलामा च्याऊ र महको बिक्री, वितरण, यसका उत्पादन तथा परिकारका बारेमा सम्पूर्ण जानकारी दिइनुका साथै मेला स्टलमा च्याउका परिकार पनि राखिने मेला आयोजक समितिका संयोजक तथा विनय च्याउ उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठले बताउनुभयो । कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयको नगद एक लाख ८० हजार सहयोग रहने मेला सम्पन्न गर्न करिब ५ लाख खर्च हुने आयोजक समितिका सदस्य हरि धिमालले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय मोरङका बाली संरक्षण अधिकृत सागर भट्टराईको प्राविधिक सहयोग रहने उक्त प्रर्दशनीमा विभिन्न तीस वटा स्टलहरु रखिने जनाइएको छ । प्रदर्शनीमा मह र च्याउका अलावा माछाका पनि स्टल रहने बताइएको छ ।
मेलालाई मनोरञ्जनात्मक बनाउनका लागि राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । निःशुल्क प्रवेश रहने च्याऊ तथा मह मेला प्रदर्शनी विहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने छ । रोटे पिङ र बालबालिकाका लागि खेल तमासा समेत रहने प्रदर्शनीमा चर्चित हास्य कलाकर विल्सन विक्रम राई (तक्मे बुढा), श्रीकृष्ण लुईँटेल (बोके दाह्री) लगायत स्थानीय कलकारहरुको समेत प्रस्तुति रहने मेलिफेरा सहकारी का अध्यक्ष बोधराज खतिवडा ले जानकारी दिनुभएको छ ।
प्रदर्शनीलाई भव्य रुपमा सम्पन्नका लागि विनय च्याऊ उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय मेला आयोजक समिति गठन गरिएको छ । समितिको सचिवमा दीपेन्द्र थापा रहनुभएको छ भने सदस्यहरूमा बोधराज खतिवडा, गोमा दाहाल, सुजन डाँगी, हरि धिमाल र लिला पौडेल रहनुभएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा हौसला प्रदान गर्नका लागि मेला आयोजना गरिएको आयोजक समितिका सचिव दीपेन्द्र थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्