ट्राफिक सचेतना तथा सवारी दुर्धटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

ट्राफिक सचेतना तथा सवारी दुर्धटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

उर्लाबारी फाल्गुन १४

एच नेपालय फ़ाउन्डेशन र ट्राफिक प्रहरी कार्यलय उर्लाबारीको सयुत्त आयोजनामा उर्लाबारी –४ भृकुटी एकाडेमी कलेजमा ट्राफिक सचेतना तथा सवारी दुर्धटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।।
सो कार्यक्रममा उर्लाबारी ट्राफिक प्रहरी प्रमुख गोकुल आचार्यले ट्राफिक नियमबारे उपस्थित सवैलाई जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि युबा ब्यबसायी पुर्ण सिंगक लिम्बु हुनु हुन्थियो। लिम्बुले ट्राफिकले मात्र सडक दुर्धटना न्युनिकरण गर्न सम्भव नरहेकोले सम्पूर्णसवारी चालक र सडक प्रयोग कर्ताहरुमा सबैमा ट्राफिक नियम सम्बन्धी ज्ञान हुनु पर्ने र प्रशिक्षणमा पढाएका ज्ञानहरु सबैमा सेयर गरेर सहयाेग गर्नु पर्ने वताउनु भयो।
कार्यक्रममा भृकुटी एकाडेमीका प्रिन्सिपल केदार खनाल, फ़ाउन्डेशनका वरिष्ठ सल्लाहाकार हिक्मत थापाले पनि आफ्नो मन्त्यव्य राख्नु भएको थियो। फ़ाउन्डेशनका अध्यक्ष योगेस वस्नेतले १३ सदस्यहरु गठन गरेर फ़ाउन्डेशन स्थापना गरेको र निस्वार्थरुपमा यस संस्थाले सामाजिक काम गर्ने बताउनु भयों र कार्यक्रम समापन भएको घोषणा पनि गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्