खोटाङमा भरुवा बन्दुक पड्केर एक घाइते

<span class='c1'>खोटाङमा भरुवा बन्दुक</span> <span class='c2'>पड्केर एक घाइते</span>

जिल्ला खोटाङ नुनथला गाविस स्थित एक घरमा हिजो दिउँसो भरुवा बन्दुक पड्केर एक जना बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। नुनथला गाविस वडा नम्बर ६ बस्ने गंगा राईको भान्सा घर भित्र खेल्ने क्रममा लोड गरी राखेको एकनाले भरुवा बन्दुक भुईमा झरेर टिप्ने क्रममा पड्किएको थियो । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ३ बर्षिय छोरा कौशल राईको घट्नास्थलमै मृत्यु भएको थियो । गंगा राईको ७ बर्षिय छोरा रबिन राई भई उपचारको लागि स्थानिय अस्पताल पठाईएको छ। प्रहरी चौकी नुनथलाले पाएको सुचना संगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरीको दुबै टोलिले भरुवा बन्दुक र राईलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। ०००० कालीगण्डकी नदीमा ढुङ्गा लिन गएको ट्र्याक्टर नदीमा धसिएपछि चालक बेपत्ता भएका छन् । हिजो बेलुका रामपुर नगरपालिका–६ मा ग१त ३८२२ नम्बरको ट्र्याक्टर नदीमा ढुङ्गा लादेर फर्किने क्रममा अगाडिको भाग धसिएपछि चालक सिन्धुपाल्चोक फुल्पिन–६ का २९ वर्षीय साङ्ले शेर्पा बेपत्ता भएका हुन् । उनी नदीमा डुबेको अनुमान गरिएको छ धसिएको ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयवासीले निकालेका थिए । बेपत्ता चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका सहायक प्रहरी निरीक्षक भरतबाबु ढकालले जानकारी दिए । ट्र्याक्टरमा रहेका अन्य तीन जना भने सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्