सिरहाको इटहरी प्रसाईं गाविस–१ स्थित कमला नदीको छेउमा आज बिहान एक महिलाको वेवारिसे शव फेला परेको छ । अन्दाजी २०÷२५ वर्षको जस्तो देखिने ती महिलाको कङ्काल बिहान स्थानीयबासीले देखेपछि प्रहरीमा खबर गरेका थिए । उक्त महिलाको दुवै हातको हत्केला र खुट्टाको पैतालाबाहेकका शरीरको अधिकांश भाग जलिसकेकोले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।