गजलमाला पुरस्कार प्याकुरेललाई

गजलमाला पुरस्कार प्याकुरेललाई

उर्लाबारी— उर्लाबारी गजल मञ्चले २०७१ को ‘गजल माला पुरस्कार’ बाट यस बर्ष धादिङकी गजलकार सीता प्याकुरेललाई पुरस्कृत गरेको छ । मञ्चले शनिवार एक कार्यक्रमको आयोजना गरि नगद नगद ५ हजार सहित प्याकुरेललाई पुरस्कृत गरेको हो ।
उर्लाबारीको पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा आयोजित पुरस्कार वितरण तथा रचना कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथी डाक्टर घनश्याम न्यौपाने परिश्रमीले प्याकुरेललाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा पूर्वाञ्चल भरिएका ५० जना भन्दा बढि साहित्यकारहरुको उपस्थिती रहेको कार्यक्रममा श्रष्टाहरुले रचना बाचन गरेर समेत सुनाएका थिए । कार्यक्रमा समाजसेवी जयधर्म आचार्य,बालचन्द्र सुब्बा,राजु लामा,सचिन शाक्य लागतयको आतिथ्यता रहेको थियो । यसअघि उक्त पुरस्कार ०६५ मा प्रतिभा प्रक्षिप्त, ०६६ मा नवीन प्राचिन, ०६७ मा राज दिलान्जली, ०६८ मा शुशिला भट्ट, ०६९ मा रहस्यविक्रम चिमरीया र ०७० मा विराट अनुपम पुरस्कृत भईसकेका छन् । उर्लाबारी गजल मञ्चको अभियान नयाँ श्रष्टाको पहिचान भन्ने नाराका साथ गजल मञ्चले बर्षेनी गजल विधामा कलम चलाउने तर पुस्तक भने प्रकाशन नगरेका गजलकारलाई सम्मान गर्दै आएको अध्यक्ष युवराज काफ्लले जानकारी दिए ।
कार्यक्रम ०७२ फागुन १५ गते शनिबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बा, स्कुलडाँडामा बिहान ११ बजेदेखि सुरु हुने उर्लाबारी गजल मञ्चका अध्यक्ष युवराज काफ्ले ‘इवन’ ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्