आफ्नै साथीले छुरा प्रहार गरी हत्या !!

<span class='c1'>आफ्नै साथीले छुरा प्रहार</span> <span class='c2'>गरी हत्या !!</span>

बिराटनगर फाल्गुन १६

झापामा एक युवकलाई आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेका छन् । शनिबार सामान्य विवादमा छुरा प्रहार गर्दा अन्य दुई घाइते भएका छन् । दक्षिणी गाविस पृथ्विनगर–६ का १७ वर्षका राजन मगरको हत्या भएको हो । मगरको भने उपचारको क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा सञ्जय लिम्बू र सञ्जय उराउ छन् । लिम्बूको ओमसाईंं पाथिभरा अस्पताल, भद्रपुरको आइसीयू कक्षमा उपचार भइरहेको छ ।
त्यस्तै अर्का घाइते मगरको त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । स्थानीय कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतेका उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनामा संलगन भएको आरोपमा स्थानीय कालु भनिने सञ्जोग लिम्बू पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्