दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ

<span class='c1'>दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित</span> <span class='c2'>दुई जनालाई पक्राउ</span>

बिराटनगर फाल्गुन १६

दुर्लभ बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पाँचथर फलैचा गाविस ९ का २० वर्षीय सुकवीर राई र ताप्लेजुङकै सादेवा गाविस ४ घर भई हाल झापाको शनिअर्जुन नगरपालिका ९ बस्ने ४७ वर्षीय कमलकुमार माङमु छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ६ बाट उनीहरुलाई पक्रेको हो । उनीहरुको साथबाट दुई थान हाब्रेको छाला बरामद भएको छ ।राईले हाब्रे मारेको र माङ्मु त्यसको बेचबिखनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।पक्राउ परेका व्यक्ति र बरामद छाला थप अनुसन्धान एवम् आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमार्फत जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्