रुपन्देही क्लब पथरी –११ लाई पराजित गर्दै फाइनलमा प्रवेश

<span class='c1'>रुपन्देही क्लब पथरी –११ लाई</span> <span class='c2'>पराजित गर्दै फाइनलमा प्रवेश</span>

विराटचोक, फागुन १७

सगरमाथा युथ क्लब कोसी हरैचाको आयोजनामा प्रस्तावित इन्द्रपुर खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल रुपन्देही–११ ले मोरङपथरी –११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रुपेन्देहीले बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाण्डौसँग फाइनल खेल्ने छ ।

रुपन्देहीले मोरङलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । खेल सुुरु भएको ४६ औ मिनेटमा रुपन्देहीका भिक्टोरको पासलाई सदुपयोग गर्दै सेगौनले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ५८ औ मिनेटमा रुपन्देहीको भिक्टोर वान भर्सेस वानमा किपरलाई विट गर्दै गोल गरी टिमलाई थप गोल संख्यामा अघि बढाए । ६१ औं रुपन्देहीका शिव श्रेष्ठको क्रसपासलाई भिक्टोरले पुनः गोल गरी खेललाई नियन्त्रणमा लिएका थिए ।

खेलको पहिलो हाफमा मोरङले आफनो पक्षमा पारेपनि गोलका आधा दर्जन अवसर चुकाउँदा हार व्यवहोर्नु प¥यो । खेलको ७ औ मिनेटमा मोरङका सुमन श्रेष्ठले दिएको पासमा कर्ण लिम्बू गर्न चुके । ९ मिनेटमा रुपन्देहीका शिव श्रेष्ठले दिएको पासलाई सेगौनले गरेको प्रहार पोलमाथि लाग्दै बाहिरीयो । २४ औ मिनेटमा मोरङका विजय धिमालले दिएको पासमा सुमन लामाले गरेको प्रहार पोलमा लाग्दै रिवाउण्ड भएको थियो । ५७ औ मिनेटमा मोरङका कर्ण लिम्बूले दिएको पासमा सुमन लामा गोल गर्न चुक्यो । मोरङबाट झापाका देवेन्द्र तामाङ, योगेश गुरुङ, बुद्धराज चेम्जोङ र कर्ण लिम्बू खेलेका थिएभने रुपन्देहीबाट झापाका कप्तान नरेन्द्रमणी लिम्बू, गणेश खड्का र दिलन मोक्तान खेलेका थिए ।

मध्यान्तर अघि फितलो प्रर्दशन गरेको रुपन्देहीले मध्यान्तरपछि आमध्यान्तरपछि आफनो खेलमा केही रणनितीक परिवर्तन गर्दै मोरङलाई पुरै समयमा दवाबमा राख्दै खेल आफनो नियन्त्रणमा राख्न सफल भयो । खेलको म्यान अफ द म्याच रुपन्देहीका पिटर घोषित भए । मोरङका प्रशिक्षक संजिव बुढाथोकिले भने पाएको अवसर सदुपयोग नगर्दा पराजित भएको बताए । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले भने दोस्रो हाफमा मेरो निर्देशन अनुसार अफ्रिकन खेलाडीले खेलेका कारणले खेल हामीले जितेका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्