खेलकुद बिकासको लागि राष्ट्रिय स्तरको तालिम हल दमकमा बन्ने

<span class='c1'>खेलकुद बिकासको लागि राष्ट्रिय स्तरको</span> <span class='c2'>तालिम हल दमकमा बन्ने</span>

दमक फागुन १९

दमक–१५ स्थित सगरमाथा मल्टि मार्सल आर्ट एकडेमीले खेलकुदमा आर्कषित गराउन सुविधासम्पन्न राष्ट्रिय स्तरको तालिम हल वनाउने भएको छ । दमकमा विभिन्न खेलकुद तथा सरोकारवालाहरुको अन्तरकृया गरि एकेडमीले आफनो उद्देश्यसहितका कार्ययोजनाहरु सार्वजनिक गरेको हो । नेपाल राष्ट्रिय खेलकुद परिषदसंग आवद्ध उक्त एकडेमी राजधानी बाहिरको नै पहिलो भएको एकडेमीले जनाएको छ । एकडेमीका संरक्षक तथा यसका अवधारणाकार राष्ट्र राईले मोफसलको समग्र खेलकुद क्षेत्रलाई माथि उठाउन एकडेमीले काम थाल्न लागिएको वताए । उनले एकडेमीलाई सवै खेलकुद विधाका लागिनै साझा संस्थाका रुपमा स्थापित गराउने लक्ष्यका साथ अगाडी वढाईएको वताए । बेलायतमा विट्रीस गोर्खा आर्मी र त्यहाँका एक दर्जन बढी विद्यालयहरुमा कराते तथा तेक्वान्दोको प्रशिक्षण समेत प्रदान गरिआएका पूर्व अवकाश प्राप्त गोर्खा सैनिक राईले आफनै ठाँउमा एकडेमी स्थापना गरि खेलकुद क्षेत्रको वृद्धिविकासमा काम थालिएको वताए । राईले भने, वेलायतमा आगामी जुलाईमा हुने तेक्वान्दो खेलको अन्तराष्ट्रिय प्रतियोगितामा यसै एकडेमी मार्फत राम्रा खेलाडीले अवसर समेत पाउने छन् ।’ त्यस अवसरमा एकडेमीका अध्यक्ष दिपक धिमालले विश्वमान्यता रहेको यस एकडेमीलाई विकास तथा यसवाट फाईदा लिन सवैको सहयोग आवश्यक रहेको वताएका थिए । अन्तरकृयामा विभिन्न खेलकुद आवद्ध क्लवका प्रतिनिधीहरु तथा खेलाडीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी तथा एकडेमीका प्रशिक्षार्थी खेलाडीहरुलाई ट्रयाकसुट समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्