केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल दुई पछि सारियो

केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल दुई पछि सारियो

विराटचोक, फागुन १८
पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ ।
सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ बीच हुने भनिएको फाइनल खेल विशेष प्राविधिक कारणले स्थगित गरिएको क्लबका अध्यक्ष जर्नादन बास्तोलाले जानकारी दिए । बास्तोलाले भने,‘ हाम्रो गोल्डकपको १९ गतेको फाइनल खेललाई विशेष कारणले गर्दा दुई दिनपछि शुक्रबार गर्ने भएका छौं ।’ यहाँ फाइनल खेल्ने दुवै टिम धरानमा भइ रहेको बुढासुब्बा गोल्डकपको सेमिफाइनल खेल्ने भएकाले, बुढासुब्बा गोल्डकपमा असर पुग्ने भएकाले, हाम्रो क्लबले खेल भावना अनुसार सहयोग स्वरुप फाइनल खेल दुई दिन सार्नु परेको हो बास्तोलाले बताए । यसरी फाइनल खेल स्थगित गरेर धरानलाई सहयोग गरेका हौं, त्यो सहयोग उहाँहरुले कसरी लिनु हुन्छ ?
त्यस्तै प्रतियोगिता अन्तर्गत मंगलबार भएको मैत्रीपूर्ण खेलमा पिएलओ लुब्रिकेन्ट र उद्योग वाणिज्यस संघ कोसीहरैचाबीचको खेल पिएलओले ६–१ को गोल अन्तरले उद्योग वाणिज्यलाई पराजित गरेको छ । पिएलओका तर्पmबाट राजेश लिम्बूले ३, विशाल लिम्बू, राजेश लिम्बू र अनिष गुरुङले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । पिएलओले जितसँगै नगद २१ ह्जार र ट्रफी जितेको छ । वाणिज्य संघका लागि एकमात्र सान्तवना गोल नगेश श्रेष्ठले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्