देश अब आर्थिक क्रान्तिको बाटोमा – आचार्य

<span class='c1'>देश अब आर्थिक क्रान्तिको</span> <span class='c2'>बाटोमा – आचार्य</span>

उर्लावारी/

नेकपा (एमाले)का सचिव भिमप्रसाद आचार्यले लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताउनु भएको छ ।
मोरङको उर्लावारीमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आचार्यले राजनितिक प्राप्तिको लडाई अब समाप्त भएकाले देशलाई आर्थिक क्रान्तितर्फ डोर्याउनुपर्नेमा जोड दिनुभयो । संविधान निर्माणपछि देशमा नाकाबन्दी, तराई आन्दोलन, अत्यावश्यकिय बस्तुको अभाव झेल्नुपरेको बताउँदै एमाले सचिव आचार्यले अब सबैदल एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कुनै विदेशी र जमिनदारको स्वार्थमा झापा, मोरङ र सुनसरी जिल्लालाई टुक्राउने प्रयास भईरहेको बताउँदै आचार्यले यस क्षेत्रका जनताको चाहना विपरित यी जिल्लाहरु कुनै पनि हालतमा टुक्रन नसक्ने बताउनुभयो । अहिलेको संविधान परिर्वतनशिल रहेकाले जनताको चाहना अनुसार विस्तारै परिमार्जन हुँदै जाने बताउँदै उहाँले कसैको आदेशको भरमा भने परिवर्तन हुन नसक्ने बताउनुभयो ।

कसैले सडकमा हिंसात्मक आतंक मच्याउँदैमा प्रदेशका जिल्लाहरु परिवर्तन हुन नसक्ने भन्दै उहाँले जनताको मन जितेर आउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै एमालेका बैकल्पिक केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठले प्रधानमन्त्री केपीशर्मा ओलीको आगामी चीन भ्रमणमा पारवहन सम्बन्धी सम्झौता हुने उल्लेख गर्नुभयो । आगामी फागुन २२ गते विराटनगरमा हुने आमसभामा पूर्वाञ्चल भरिका एक लाख कार्यकर्ता भेला हुने दाबी गर्दै श्रेष्ठले विराटनगरको भेलाले नाकाबन्दी गर्ने शक्तिलाई निहुराउन बाध्य पार्ने बताउनुभयो । नेकपा (एमाले) उर्लावारी नगर कमिटिको आयोजनामा भएको कार्यक्रममा एकिकृत माओवादी उर्लावारीका नेता कुमार धिमाल, समाजसेवी चन्द्र श्रेष्ठ, कराँते प्रशिक्षक मानवबहादुर थोप्रा लिम्बु सहित एकिकृत माओवादी, कांग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गर्दै ७५ जना नेता तथा कार्यकर्ता एमालेका प्रबेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्