इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा

<span class='c1'>इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको</span> <span class='c2'>माग गर्दै सडकमा</span>

इनरुवा, २० फागुन ।

सुनसरी सदरमुकाम इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । पछिल्ला केही सातायता सदरमुकाम इनरुवासहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरीको सुरक्षा नीतिको कमजोरी रहेको भन्दै व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन्  । प्रहरीले पर्याप्त सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले बिहीबार बिहानैबाट इनरुवा बजार बन्द गराएका छन् । बजार क्षेत्रका अधिकांशजसो पसल बन्द गरिएका छन् । स्थानीय व्यापारीहरु प्रहरीको निस्कृयता बढेको भन्दै इनरुवाको मुख्यबजार चोकको बीच सडकमै धर्नामा बसेका छन् । सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेललेसमेत केही दिनयता बजार क्षेत्रमा चोरीका घटनामा वृद्धि हुँदै गएको स्वीकार्दै घटनामा संलग्नहरुको खोजी भइरहेको बताउनुभएको छ । शंकास्पद केही व्यक्तिहरु पक्राउ गरिएकाले चोरी गर्ने समूहको छिट्टै पत्ता लाग्ने उहाँको भनाइ छ । इनरुवा क्षेत्रमा एकसातायता मोटरसाइकलदेखि लिएर किराना पसलहरुमा चोरी हुने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्