धनकुटा २० फागुन । पूर्बाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको सरुवा भएको छ । दुई महिना अघि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा आएका गुरुङ्गको काठमाण्डौँ सरुवा भएको हो । उनि अव काठमाण्डौँ स्थित स्थानीय बिकास मन्त्रालयमा जाँने भएका छन ।
सरुवा भएपछि बिहिवार क्षेत्रीय प्रशासन कार्यालयमै पत्रकार भेटघाट कार्यक्रम गरी गुरुङ्गले छोटै अवधिमा भएपनि पाएको सहयोग र सहकार्यका लागि सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन । सो अवसरमा धनकुटाका पत्रकारहरुले क्षेत्रीय प्रशासक गुरुङ्गलाई दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।