आमाले खुवाइन आफ्नै छोरीहरुलाई विष

<span class='c1'>आमाले खुवाइन आफ्नै</span> <span class='c2'>छोरीहरुलाई विष</span>

बर्दिया,फागुन २० गते । धवार–८ की २३ वर्षीया सीता चौधरीले आफूले विष सेवन गरी चार वर्षीया जुम्ल्याहा छोरीलाई समेत विष सेवन गराएकी छन्।

विष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ भने एक छोरी र उनी आफू पनि अशक्त भएकी छन्। सीता चौधरीले बुधबार आफू र जुम्ल्याहा छोरी गङ्गा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसकेको विषादी सेवन गराउँदा अशक्त भएकाले उपचारका लागि तीनैजनालाई जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा गङ्गाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्