श्रीमतीद्वारा आफ्नै श्रीमानलाई खुकुरी प्रहार

<span class='c1'>श्रीमतीद्वारा आफ्नै श्रीमानलाई</span> <span class='c2'>खुकुरी प्रहार</span>

विराटनगर २२ फागुन । संखुवासभा जिल्लाको आखिभुईमा रक्सीले मातेको सुरमा श्रीमतीले श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन् । खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन् । संखुवासभा आखिभुई ९ बस्ने २९ बर्षिय कर्मा शेर्पालाई निजकै श्रीमती ३१ बर्षिया पासाङलामु शेर्पाले मादक पदार्थ सेवनगरी धारिलो हतियार खुकुरी प्रहार गरेकी हुन् । आपसी विवादमा भएको यो घटनामा घाइते भएका शेर्पालाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भयो भन्ने विषमा प्रहरीले अनुसन्धान सुरु गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । खुकुरी प्रहार गर्ने निजकि श्रीमतिलाई प्रहरी चौकी मुडेशनिश्चरेले आफ्नो नियन्त्रणमा लिई थपअनुसन्धान सुरु गरेको छ .।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्