अव कांग्रेससहितको राष्ट्रिय सरकार : सुचना मन्त्री राई

<span class='c1'>अव कांग्रेससहितको राष्ट्रिय सरकार</span> <span class='c2'>: सुचना मन्त्री राई</span>

बिष्णु सुब्बा
दमक,२२ फागुन / सुचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने वताएका छन् ।
आज विहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुहुदै मन्त्री राईले कांग्रेस लगायतका असन्तुष्ट दलहरुलाई ल्याएर यहि सरकारले राष्ट्रिय आकार पाउने वताए ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री राईले सरकारको विकल्प खोज्ने वेला नभएको दावी गर्दे भने ,–‘ अहिले सरकार परिवर्तन गर्ने वेला भएको छैन् ।’ कांग्रेस आफनो महाधिबेशनमा केन्द्रीत भएको र महाधिबेशन सकिए लगत्तै सरकारमा सहभागी हुने उनको भनाई थियो ।
कांग्रेस तथा तराई ,मधेशका दलहरुलाई सरकारमा ल्याउन आवश्यक पहल र संवाद भईरहेको वताउदै मन्त्री राईले भने ,‘ मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा रुपान्तरण गर्न तथा संविधानको प्रभावकारी कार्यान्वयन गर्न दलहरु एक ठाँउमा उभिनुको विकल्प छैन् ।’ सत्ताका केहि दलहरुका नेताहरुले वर्तमान सरकारको विकल्प खोजी भईरहेको भन्ने खबर आएका छन नी ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री राईले भने ,–‘ त्यो उहाँहरुको भ्रम मात्र हो,यो सरकारले नै संविधान कार्यान्वयन संगै स्थानीय निकायको निर्वाचन गराउने छ ।’ उनले नाकाबन्दी खुलाउन मात्र यो सरकार नवनेको कडा टिप्पणी दिएका दिए ।

हालै नेपाल सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीको भ्रमण पछि भारतसंगको दुई पक्षीय सहजझारीको अन्त्य भई मुलुक सामान्यीकरण बन्दै गएको दावी गरे । इन्धनको आपूर्ति तथा वितरण प्रकृयामा केहि असहज भएको स्वीकार्नुहुदै मन्त्री राईले प्रम ओलीको चीन भ्रमण अघि नै पूर्ण रुपमा सहजता आउने स्पष्ट पारे । प्रम ओलीको भारत भ्रमण ऐतिहासिक भएको भन्दै उनले आगामी चैतको पहिलो साता प्रम ओलीको हुने चीन भ्रमण पछि छिमेकी वीचको सम्बन्ध सुढृण वनाउन केन्द्रीत हुने छ भने ।

एक प्रसङमा उनले सरकारले सञ्चार नीति थप व्यवस्थित बनाउन कार्ययोजनाका साथ लागेको जानकारी दिएका थिए । हिमालिपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्