च्याऊ तथा महमेला प्रदर्शनी सुरु

<span class='c1'>च्याऊ तथा महमेला</span> <span class='c2'>प्रदर्शनी सुरु</span>

उर्लाबारी । पूर्वमा पहिलो पटक मोरङको उर्लाबारीमा  च्याऊ तथा महमेला प्रदर्शनी–२०७२ शनिबारबाट सुरु भएको छ ।

उर्लाबारी–६, मंगलबारेमा  विनय च्याऊ उद्योग र मेलीफारा मौरी पालन सहकारी संस्थाको संयुक्त आयोजनामा आयोाजित उक्त प्रर्दशनीको क्षेत्रीय कृषि निर्देशानलयको प्रमुख बद्री दाहालले उद्घाटन गरेका छन् । च्याऊ र महको बजार प्रवद्र्धन गर्ने हेतुले आयोजना  गरिएको उक्त मेलामा पूर्व क्षेत्रका विभिन्न कृषकहरुले तीन दिनसम्म सहभागिता जनाउने आयोजक समितिका संयोजक उदयचन्द्र श्रेष्ठले बताएका छन् ।

अगन्तुकहरुलाई आकर्षित गर्न आयोजकले दैनिक राष्ट्रिय स्तरका कलाकाहरुको समेत उपस्थिति गराएको छ । प्रदर्शनीको पहिलो दिन श्रीकृष्ण लुईटेल(बोके दाह्री)ले प्रस्तुति दिएका छन् । तीनदिनसम्म चल्ने उक्त प्रदर्शनीको दोस्रो दिन आइतबार चर्चित हाँस्कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को प्रस्तुति रहने आयोजकले जनाएको छ ।  करिब १० हजारभन्दा बढी मानिसहरुले अवलोकन गर्ने मेलामा ५ लाखको कारोबार हुने जनाइएको छ । विभिन्न ३२ वटा स्टलहरु रहेको उक्त प्रदर्शनीमा च्याऊको उत्पादन,  प्रकारहरुका सम्पूर्ण जानकारीहरु स्टलमा राखिएको छ । च्याऊको विक्री वितरण गरिनुका साथै यसबाट निर्माण गरिएको मःम,पकौडा,अचार लगायतका सामग्रीहरुको समेत विक्रीका लागि राखिएको छ । यस्तै, मौरी पालनको सम्पूर्ण जानकारी, विभिन्न प्रकारका उत्पादित महको समेत विक्री वितरणका लागि  राखिएको छ ।  कृषिजन्य सामग्रीहरुको समेत प्रदर्शनीका लागि राखिएको छ । यसैबीच,कृषि मेला प्रदर्शनीमा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेले निःशुल्क स्वास्थ्य शिविर राखेको छ । प्रदर्शनीमा आउने आगन्तुकहरुको स्वास्थ्यलाई ख्याल गर्दैे शिविरको आयोजना गरिएको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी धनबहादुर सुनारले जानकारी दिएका छन् । यस्तै,  राष्ट्रिव्यापी हात्तिपाइले औषधी ख्वाइने अभियान अन्तर्गत औषधी खान छुटेका सर्वसाधरणहरुलाई स्वास्थ्य केन्द्रले कृषि प्रदशर्नी मै औषधी  वितरण गर्न थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्