घोषणा गरेको रकम नदिँदा ब्लड बैंक सञ्चालन भएन

<span class='c1'>घोषणा गरेको रकम नदिँदा</span> <span class='c2'>ब्लड बैंक सञ्चालन भएन</span>

इलाम, २३ फागुन । इलाम सदरमुकाममा ब्लड बैंक सञ्चालनका लागि चन्दा दिन्छु भन्दै खातामा नाम टिपाउनेले नै अझैसम्म रकम दिएका छैनन् ।

उसबेला रकम दिन्छु भन्दै होडबाजी चल्यो तर पाँच वर्ष बितिसक्दा पनि चन्दा दिने सुरसार छैन, नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका लेखापाल वसन्त तिम्सिनाले भने– “चन्दादाताले नै स्वयम् दिन्छु भन्दै होडबाजी गरे, अहिलेसम्म दिने कुनै अत्तोपत्तो छैन, रकम नहुँदा सञ्चालन नै अनिश्चित बनेको छ ।” रेडक्रसका अनुसार चन्दादाताले दिनुपर्ने सात लाख बढी रकम अझै उठेको छैन ।

तिम्सिनाका अनुसार जिल्लाकै नाम चलेका व्यापारी र समाजसेवीले पाँच वर्षअघि लेखाएको चन्दा दिएका छैनन् । पटक पटक सम्झाउँदा पनि बेवास्ता गरेपछि अन्तिम पटक चन्दादातालाई स्मरणपत्र पठाउने तयारी गरेको उनले बताए ।

शाखाले २८ लाख २६ हजारको लागतमा अत्याधुनिक भवन निर्माण सम्पन्न गरेको थियो । रकम अभावका कारण सामग्री खरिदमा समस्या झेलेको शाखाले जर्मन दूतावासको १४ लाख १८ हजार अनुदानमा युरोपियन मापदण्डको सामग्री खरिद गरिसकेको छ । रेडक्रस लक्जेम्बरले १० लाख ५० हजार र शाखाले करिब १३ लाख खर्च गरेर सामग्री जुटाएको छ ।

सामान इलाम ल्याएर जडान गर्न बाँकी छ । चन्दादाताले पाँच हजार ५०० देखि २५ हजारसम्म चन्दा दिने घोषणा गरेका थिए ।

चन्दा रकम सङ्कलन भए ब्लड बैंक सञ्चालनका लागि स्थापना गरेको अक्षयकोषमा राखेर कर्मचारी पाल्ने र अन्य खर्च पु¥याउने योजना बनाएको तिम्सिनाले बताए । सो कोषमा अहिले छ लाख जम्मा भएको छ । लेखापढी व्यवसायी सङ्घले प्रत्येक वर्ष ५० हजार सहयोग गर्दै आएको छ ।

-sajilokhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्