इटहरी गोल्डकप फागुन २९ देखि

<span class='c1'>इटहरी गोल्डकप फागुन</span> <span class='c2'>२९ देखि</span>

इटहरी–  १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' फुटबल प्रतियोगिता चैत ६ गतेसम्म हुनेछ। यो सिजनमा पूर्वका ठूला गोल्डकप फुटबल प्रतियोगिता सकिएलगत्तै इटहरी गोल्डकप गर्ने मिति तय गरिएको हो।

आठौं संस्करणसम्म हुदैं आएको स्वर्गीय दानबहादुर फूँयाल स्मृति गोल्डकप फुटबल प्रतियोगितालाई परिमार्जन गरी अघिल्लो वर्षदेखि इटहरी गोल्डकपको रुपमा खेल हुदैं आएकोमा यसपटक नेपाल र भारतका १० वटा टिम सहभागी हुने आयोजक क्लबले जनाएको छ। प्रतियोगितामा झापाको काँकडभिट्टा ट्रेनिङ् सेन्टर, एपिएफ क्लब झापा, आयोजक राष्ट्रिय जागृति क्लब इटहरी, पूर्व क्षेत्रीय पुलिस क्लब विराटनगर, मोरङ एघार, चर्च ब्वाईज स्पोर्टिङ क्लब काठमाडांै, सुनसरी एघार र सरस्वती क्लब काठमाडौं सहभागी हुनेछन्। विदेशी टीममा सिएफसी भुटान र कञ्चनजङ्घा स्पोटिङ क्लब पश्चिम बंगाल भारत सहभागी हुने क्लबका सदस्य अनुरोध थापाले जानकारी दिए। इटहरी गोल्डकप प्रतियोगितामा रु. १६ लाखभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ। गोल्डकप प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले संयोजन गरेको छ भने मुख्य प्रायोजक भने टुबोर्ग बियर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्