अहिलेकै सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको कांग्रेसलाई आग्रह

<span class='c1'>अहिलेकै सरकारमा सहभागी हुन प्रधानमन्त्री</span> <span class='c2'>ओलीको कांग्रेसलाई  आग्रह</span>

 

२६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला नभएको बताएका छन् । अहिले सरकार परिवर्तनको एजेण्डा नै नभएको भन्दै उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरे ।

जिल्ला विकास समिति झापाले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारको नेतृत्व अहिले नेपाली कांग्रेसले गर्ने बेला भएको छैन । तर १६ बुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारमा सामेल हुनैपर्छ ।’

विगतमा भएको १६ बुँदे सहमतिअनुसार सरकारमा सहभागी भएर राष्ट्रिय एकताको साथ अघि बढ्न उनले कांग्रेसलाई सुझाव दिए ।

केही वर्ष भित्र जनताले प्रत्यक्ष परिवर्तनको आभास गर्ने गरी विकासलाई तिव्रता दिए पनि आफूले इच्छा गरेअनुसार मलुकको विकासमा काम गर्न नपाएको उनले गुनासो गरे ।

मतव्यको अधिकाश समय देशको विकास, निर्माणका संभाव्यता देखाउनु खचिएका ओलीले कृषिको आधुनिकिकरण, बजारीकरण, उद्योगहरुको स्थापना र विकासमा सरकार केन्दि्रत भइरहेको दोहोर्‍याए । अहिलेको सरकार पूर्वपश्चिम राजमार्ग ६ लेनको बनाउने कार्यमा जुटेको बताउँदै उनले त्यसका लागि मिलिनियम च्यालेन्ज कर्पोरेसन नामक अमेरिकन कम्पनीसँग कुराकानी भइरहेकाले चाँडै सम्झौता हुने विश्वास व्यक्त गरे ।

मेची पर्यटन अभियानको उदघाटन गर्न झापा आएका ओली ६ दिनसम्म मेची अञ्चलका बिभिन्न कार्यक्रममा सहभागी हुनेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्