बिष्णुमायाको सहयोग दृष्ट्रिबिहीन दम्पत्तीलाई

<span class='c1'>बिष्णुमायाको सहयोग</span> <span class='c2'>दृष्ट्रिबिहीन दम्पत्तीलाई</span>

उर्लाबारी— मोरङ उर्लाबारी—२ का दृष्ट्रिविहीन दम्पत्ती राजुकुमार र इन्दिरा राईलाई दुबईबाट आर्थिक सहयोग गरिएको छ । रोजगारको शिलशिलामा दुवई रहनुभएकी उर्लाबारी—४ की बिष्णुमाया तामाङले नगद ७ हजार ६ सय रुपैंया सहयोग गर्नुभएको हो ।
तामाङले विदेशबाट पठाएको रकम आज दृष्ट्रिविहीन राई दम्पत्तीलाई हस्तान्तरण गरिएको छ । तामाङकी दिदी शोभितमाया तामाङ सावित्राले उक्त रकम राई दम्पत्तीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
नगदसँगै तामाङ उनीहरुको दुई जना स—सना छोरीहरुको लागि बिस्कुट पनि दिनुभएको थियो ।
नगद हस्तान्तरण कार्यक्रममा धुब्रतारा फेडेरेसन उर्लाबारीकी सचिब निरु चौहान,सदस्य बालकुमारी दंगाल,न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बू,पत्रकार इश्वरी भट्टराई, किशोर श्रेष्ठ,तेजन खड्का लगायतको उपस्थिती रहेको थियो । दृष्ट्रिबिहीन दम्पत्तीको समाचार पढेपछि तामाङले पत्रकार तेजन खड्का मार्फत उक्त रकम पठाउनुभएको थियो । उहाँले उनीहरुको दयनिय अवस्था देखेर सहयोग गरेको बताउनुभयो । राई दम्पत्तिले आर्थिक समस्या भएकोले घर निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले घर निर्माण कार्य थालेका छन् ।
यद्यपि,आर्थिक समस्याले अपुरै हुने होकि भन्ने चिन्ता ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्