विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक निष्कासित

विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक निष्कासित

इनरुवा-सुनसरीको रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका एक शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । शिक्षक विष्णुदेव पौदारमाथि रक्सी खाएर सोही गाविसकी एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पौदारले घरमा कोही नभएको बेला अश्लील शब्द प्रयोग गर्दै ती विद्यार्थीलाई जबर्जस्ती गर्न खोजेपछि हल्ला भएर विद्यालयसम्म कुरा पुगेको हो । पौदारले फागुन १ गते राति विवाहित ती विद्यार्थीको ससुरालीमा गई यस्तो दुस्साहस गरेको विद्यालय स्रोतको भनाइ रहेको छ ।

घटनाको विषयमा स्थानीयवासी र पीडितसँग बुझेर विद्यालय प्रशासन, स्थानीयवासी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति समेतको बैठकले पौदारलाई विद्यालय निकाल्ने निर्णय गरेको हो ।

यसअघि शिक्षक पौदार श्रीमावि देवागन्जमा छँदा पनि यस्ते आरोपमा निष्कासनमा परेको बताइएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्