मदर मधुमल्लामा बृहत प्रदर्शनी

<span class='c1'>मदर मधुमल्लामा</span> <span class='c2'>बृहत प्रदर्शनी</span>

बिराटनगर फागुन २९

मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ ।
मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई समेटेर गरिएको थियो भने कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराई विभिन्न कला प्रस्तुत गरिएको थियो ।
एक्जीविसनमा हस्तकला, चित्रकला, विज्ञान प्रदर्शनीहरु समेटिएका थिए । खेर फालिएका कागज, प्लाष्टिक, पानीका बोतलहरु संकलन गरी विद्यार्थीले तयार पारेको हस्तकलाका विभिन्न घरायसी सामग्री प्रदर्शनीमा राखिएको थियो । यस्तै, कक्षा १० का विद्यार्थीले निर्माण गरेका प्रविधिहरुपनि देखाइएको थियो । विज्ञान प्रदर्शनीका को–अर्डिनेटर करन साहका अनुसार पेरिस कप, हाइड्रोलिक मेसिन, इलेक्ट्रोनिक सामग्रीहरु तयार पारिएको हो ।
यसैगरी, नर्सरीका विद्यार्थीहरु बीच भएको म्यारिड बेलुन खेलमा दर्शन मगर प्रथम, रेशव दर्नाल दोस्रो र तेजल मगर तेस्रो भएका थिए । एल केजीका छात्रबीच भएको पुप्सी रेसमा निकेश श्रेष्ठ प्रथम, आयुष दियाली दोस्रो र निश्चल बागदास तेस्रो भएका थिए । एलकेजीकै छात्रातर्फ भएको डोको दौडमा रेष्मा श्रेष्ठ प्रथम, इशा लिम्बू दोस्रो र अस्मिता दर्जी तेस्रो भएका थिए । कक्षा युकेजीका विद्यार्थी बीच भएको हरिकरी प्रतियोगितामा छात्रतर्फ पाल्देन बल प्रथम, शशांक सुब्बा दोस्रो र जेनिष ढकाल तेस्रो भए भने युकेजीकै छात्रातर्फ भएको घैला रेसमा कृष्टिना ल्वगुन प्रथम, अनु परियार दोस्रो र माही मगर तेस्रो भए ।
पूर्वी मोरङका निजी विद्यालयहरुको संगठन कोप्याव्सका अध्यक्ष सुवास राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले एक दर्जनभन्दा बढी नृत्य प्रस्तुत गरेका थिए । मधुमल्लाभरिका निजी तथा सामुदायिक विद्यालयहरुका शिक्षक तथा विद्यार्थी का साथै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल विकास गुरूङको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रिन्सिपल पुष्प बरालको सञ्चालन रहेको थियो ।
मधुमल्ला जस्तो ग्रामीण क्षेत्रमा निजी विद्यालयले पनि उल्लेख्य मनोरञ्जन प्रदान गरेको भन्दै आगन्तुकहरुले कार्यक्रममा प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्