लागुअौषध सहित दुई पक्राउ

<span class='c1'>लागुअौषध सहित</span> <span class='c2'>दुई पक्राउ</span>

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर खानतलासी एवं चेकजाँच गर्दा उक्त स्कुटरको सिट मुनी लुकाएर राखेको अवस्थामा लागु औषध लुपिजैसिक –५० एम्पुल, एभिल –५० एम्पुल र डाईजेपाव –५० एम्पुल बरामद गरेको हो।
साथै निजहरुको साथबाट साम्सुङ्गको डुउस मोबाईल थान एक र नगद रु ३२० रुपयाँ समेत बरामद भएको छ।
दुबै जनालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
त्यस्तै लागु औषत ब्युरो मोरङको टोलिले चेकजाँच गर्ने क्रममा लागु औषत सहित एकजना लाई पक्राउ गरेको छ। बिराटनगर २१ स्थित न्यु महेन्द्र चौकमा जोगबनि बाट बिराटनगर तर्फ आउदै गरेको पैदल यात्रि धरान ९ बस्ने ३६ बर्षिय रिकेश मास्केको साथ बाट कोरेक्स १० बोतल ,नाइट्रोभेट १७ ट्याबलेट ,नाइट्रोसन १० ट्याब्लेट फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्