धरानमा छुरा प्रहारबाट एक घाइते

<span class='c1'>धरानमा छुरा प्रहारबाट</span> <span class='c2'>एक घाइते</span>

सुनसरीको धरानमा छुरा प्रहारबाट शुक्रबार एक जना गम्भिर घाईते भएका छन्। घाईते हुनेमा बराह क्षेत्र वडा नम्बर ७ बस्ने १८ बर्षिय सुरेन्द्र राइ रहेका छन्। धरान उप(महानगरपालिका वडा नम्बर २७ बस्ने मुना राइको विबाहमा आएका राईलाई वडा नम्बर २५ बस्ने १८ बर्षिय मिन कुमार राई र २५ बर्षिय रुपेन्द्र राईले छुरा प्रहार गरी घाईते बनाएका थिए। छुरा प्रहारबाट गम्भिर घाईते राईको कम्मर मुनि करङमा चोट लागेको छ। घाईते राईलाई उपचारको लागी वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। छुरा प्रहार गर्ने दुबैलाई नियन्त्रणमा राखी थप अनुसन्धानको लागी हिरासतमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्