मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

झापा फाल्गुन ३० ,  मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ ।  झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक समितिका अध्यष होम पाण्डेले सञ्चारकर्मीहरुलाई जानकारी दिए । प्रतियोगितामा नेपालका तीनवटा विभागीय टीम र अन्तर्राष्ट्रिय चारसहित १० टीमले सहभागिता जनाउने मूल आयोजक समितिका अध्यक्ष पाण्डेले बताए । आयोजकका अनुसार झापा ११, मनाङ मस्र्याङदी, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी (एपीएफ)ले प्रतियोगितामा सहभागिता जनाउने छन् । यस्तै मित्रराष्ट्र भारत, बङ्गलादेश, भुटान र श्रीलङ्काका एक एकवटा टीम पनि प्रतियोगितामा सहभागी जानकारी दिइयो ।

प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिने अध्यक्ष पाण्डेले बताए । झापालाई फु्टबल सहरको रुपमा विकसित गरी फुटबल पर्यटनको गन्तव्य बनाउने लक्ष्य रहेको एन्फाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताए । ‘देखासिकीका भरमा नभई खेलप्रेमीको आवश्यकता बुझेर प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने ।    प्रतियोगितामा विजयी हुने टोलीले ६ लाख रुपैयाँ सहित मेडल ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँ पाउने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका महासचिव गणेश पोखरेलले बताए । प्रतियोगिता सञ्चालनबाट बचत हुने रकमले झापा ११ फुटवल क्लवको स्तरोन्नति गरिने पनि पोखरेलले बताए । प्रतियोगिता बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्