इटहरी गोल्डकपमा मंगलबारेलार्इ हराउदै चर्च ब्वाइजकाे शानदार जित

इटहरी गोल्डकपमा मंगलबारेलार्इ हराउदै चर्च ब्वाइजकाे शानदार जित

 
इटहरी / इटहरीमा जारी टुवोर्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगीता अन्तरगत अाइतबार भएकाे खेलमा चर्च ब्वाइज काठमाण्डौले मोरङको उर्लाबारी मंगलवारे क्लबलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्दै अघल्लाे चरणमा प्रवेस गरेकाे छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा दुबै तर्फबाट गोल हुन नसके पनि दोस्रो हाफको पाँचौ मिनेटमा चर्च ब्वाइजको तर्फबाट जङबु शेर्पाले एक गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफकै बीसौं मिनेटमा चर्चका तर्फबाट निरज वस्नेतको क्रसपासलाई रमेश घिसिङले पोलकोे दिशा दिंदै गोलमा परिणत गरे पछि चर्च ब्वाइजले दुइ शुन्यको अग्रता लियो । तर त्यसको चार मिनेट बित्न नपाउँदै मंगलवारेका तर्फबाट संजोक राईको सिधा प्रहार गोलमा परिणत भयो । दोस्रो हाफको चौतीसौं मिनेटमा चर्चका तर्फबाट सेगुनले पुनः अर्को गोल थप्दै टिमलाई तीन एकको अग्रता दिलाए ।

फेरी तीन मिनेट वित्न नपाउँदै मंगलबारेका तर्फबाट दीपक राईले एक गोल थप्दै टीमको अंक बढाए । मंगलवारेका तर्फबाट प्रवेश कटुवालले पेनाल्टी सदुपयोग गर्न नसक्नु नै मंगलवारेका लागि हारको एउटा कारण बन्न पुग्यो । त्यसो त सोहि टिमका बुद्धिमान तामाङले पटक पटक रफ खेले पछि रेफ्रिले उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए । दश खेलाडीमा सिमित मंगलवारेले पहिलो हाफमा चर्चलाई दबाबमा राख्दै उत्कृष्ट खेल देखाई दर्शकको हौसला पाए पनि अन्नतः दर्शक निराश बने ।

यद्धपि उत्कृष्ट खेल देखाएको भन्दै मंगलबारेका संजोक राई म्यान अफ द म्याच घोषित भए । आजकोको खेलमा आयोजक राष्ट्रिय जागृती क्लब र एपीएफ पुर्वाञ्चल झापा आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्