बाबुद्वारा छोरी माथी बलात्कारको प्रयास

<span class='c1'>बाबुद्वारा छोरी माथी</span> <span class='c2'>बलात्कारको प्रयास</span>

उर्लाबारी/

उर्लाबारी ४ की १६ वर्षीया एक बालिकालाई ४४ वर्षीय आफनै बुवाले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरीएको छ ।
ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पिडितले आज ईलाका प्रहरी कार्यलय उर्लाबारीमा मुद्दा दर्ता गराउनु भएको छ ।
१६ वर्षीया बालीका घरमा एक्लै भएको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै गत फागुन २९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपी ४४ वर्षीया बाबु लाई सो दिन पक्राउ गरीएको ईलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्