ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरीबाट नियन्त्रणमा

ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरीबाट नियन्त्रणमा

इटहरी चैत्र २ –यूएसए डलर साटी दिने भनेर पैसा लिएर ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ। यूएसए डलर साटी दिने भनेर पैसा लिएर फरार भएका उदयपुुर रैता–६ का २२ वर्षीय दिपक मगर र नेपालटार–४ का सोही उमेरका रामबहादुर मगरलाई इटहरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्ने मगरद्वयले झापा गौरादह–९ का गणेश राई र इलामका दिलिप खनालसँग धरानमा यूएसए डलर साटी दिने भनेर एक लाख ५० हजार लिएर भागेका थिए। दुवै जना पैसा लिएर भागेको सूचनाका आधारमा प्रहरीले इटहरीबाटै एक लाख ४२ हजार पैसासहित पक्राउ गरेको हो।

यसैबीच, इटहरीका कैलाश लिम्बुले– ५ मा सञ्चालन गरेको काठ मिलमा अवैध तासजुवा खेल्दै गर्दा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। तासजुवा खेल्ने इटहरीकै मजफर हुसेन, देव सुब्बा, बिनोद राई, केदार राई र राजकुमार राईलाई पक्राउ गरेको इटहरीका डिएसपी ओम अधिकारीले बताए । उनका अनुसार पक्राउ पर्नेका साथबाट ९५ हजार पाँच सय पैसा र छ बुक तास बरामद गरिएको छ । पक्राउ परेकामध्ये दुई जनालाई ठगी र पाँच जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्