वेलवारीमा रहेको वेतना सिमसारमा कछुवा संरक्षण अभियान शुरु

वेलवारीमा रहेको वेतना सिमसारमा कछुवा संरक्षण अभियान शुरु

विराटनगर ३ चैत्र। मोरङको वेलवारीमा रहेको वेतना सिमसारले कछुवा संरक्षण अभियान शुरु गरेको छ । सिमसार संरक्षण समितीका सदस्य भोजराज वस्नेतका अनुसार स्थानिय प्रजातिलाई संरक्षण गर्नका साथै लोपहुन लागेका विभिन्न जातका कछुवाहरुलाई सिमसार क्षेत्रमा राख्न थालिएको हो ।
सिमसारक्षेत्रमा रहेको तालमा आठओटा भन्दा वढी प्रजातिका झण्डै ३ सयभन्दा वढी कछुवा रहेको छ । कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्न थालेको छ । तालमा राखिएको मोटरवोटमा वोटिङ्ग गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले सिमसारक्षेत्र वरपर आन्तरिक तथा वाह्य पर्यटकहरु पछिल्लो समय बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्