डढेलो तत्काल नियन्त्रणगर्न अभियान

डढेलो तत्काल नियन्त्रणगर्न अभियान

विराटनगर ३ चैत्र,। जिल्ला वन कार्यालय मोरंङले वनमा लाग्ने डढेलो तत्काल नियन्त्रणगर्न अभियान संचालन गर्नेभएको छ । गर्मी तथा सुख्खा याममा वनजंगलमा हुने आगलागीका घटना रोक्न कार्यालयले वन जगंलमा लागेको डढेलोलाइ एक घन्टामा नियन्त्रणगर्नेगरी अभियान शुरु गरेको जनाएको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणगर्न सामुदायिक वनसंग जोडिएका गाउका वासिन्दालाइ सचेत गराइ विभिन्न कार्यालयहरुलाइ अग्नी नियन्त्रणका समानहरु वितरण गरिएको जिल्ला वन कार्यालय मोरंङका प्रमुख दिपक ज्ञवालीले बताउनुभयो ।
डढेलोका कारण करोडौ मुल्यका काठ नष्ठ हुने भएकाले कार्यालयले सलकपुर , वेलवारी तथा मंगलवारेमा अग्नी नियन्त्रणका लागी पानी पम्प , हेलमेट, वेल्चा तथा आगो नियन्त्रण ड्रेस वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्