इटहरीमा चैत २५ गते मिनी म्याराथन

इटहरीमा चैत २५ गते मिनी म्याराथन

इटहरी–'स्वास्थ्य, शान्ति र एकताका लागि दौड' भन्ने नाराका साथ इटहरीमा यही चैत २५ गते मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था इटहरी जेसीजको आयोजनामा मिनी म्याराथन प्रतियोगिता हुने लागेको हो । इटहरी जेसीजले बुधबार पत्रकार सम्मेलन गरी दश किलोमिटरको ओपन रेस, दुई किलोमिटरको कर्पोरेट मिडिया रेस र कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि तीन किलोमिटरको जुनियर रेस प्रतियोगिता गर्न लागेको जानकरी दिइयो ।

इटहरी जेसीज अध्यक्ष दिपक ढकालका अनुसार दस किलोमिटरको ओपन रेस प्रतियोगितामा महिला र पुरुषको अलग अलग प्रतिस्पर्धामा जोसुकैलाई भाग लिन खुल्ला गरिएको छ । यो प्रतिस्पर्धामा विशेषगरी, सेना, सशस्त्र, नेपाल प्रहरीसँगै अन्य युवायुवती भाग लिन सक्नेछन्।

यस्तै, दुई किलोमिटर मिडिया कर्पोरेट रेसमा मिडियामा कार्यरत, व्यापारी, राजनीतिक दलका नेता, सरकारी कर्मचारीलगायतले भाग लिन सक्ने ढकालले बताए । म्याराथन प्रतियोगिता अन्तर्गत जुनियर रेसमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने इटहरीसँगै आसपसाका क्षेत्रका विद्यालयका विद्यार्थीले भाग लिन पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत ओपन रेसमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने पुरुष र महिला दुवैलाई क्रमशः बीस हजार, दस हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । दुई किलोमिटर कर्पोरेट मिडिया र तीन किलोमिटर जुनियर रेसमा प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः दस हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार दिइनेछ ।

कार्यक्रमका सहसंयोजक विनोद पौडेलका अनुसार प्रतियोगितामा सहभागी भएर अन्तिमसम्म दौडिनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा रचनात्मक काम गर्ने उद्देश्य राखेर जेसिजले म्याराथन प्रतियोगिता गर्न लागेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्