मुसहर जातीको एउटा अनौठो पुजा

मुसहर जातीको एउटा अनौठो पुजा

५ चैत्र, सिरहा। समान्यता पुजा अर्चना सबैले गरिन्छ तर मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालबाट आएको सात वर्षीयदेखि २९ वर्षीय धामी भार्कीहरुले उक्त पुजा गराएका छन् ।
ती धामीहरुले उम्लिदैगरेको दूधले नुहाकेका थिए । पाक्दै गरेको दुधको खिरमा हात हाल्ने र हाथमा खिर हालेर भक्ता खेलेका थिए । पुजामा बालक धामीदेखि अन्यले पनि आगोमा हिडेका थिए ।पुजा हेर्न विभिन्न गाउँबाट सर्वसाधारणहरु आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्