बहिरा क्रिकेट खेलाडिहरुको गुनासो

बहिरा क्रिकेट खेलाडिहरुको गुनासो

गत फागुन २३ गते देखि २६ गते सम्म काठमाण्डौमा भएको सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङ बहिरा क्रिकेट संघले हासिल गरेको थियो । आर्थिक अधावमा आफुहरुले दैनिक अभ्यास समेत गर्न नपाइरहेको बहिरा खेलाडिहरुको गुनासो छ । सामान्य खेलाडिहरुले जस्तै आफुहरुलेपनि खेलको माध्यमकाट अन्तराष्ट्रिय स्तरमा नेपालको चिनारी बनाउन सक्ने बताउँदै उनिहरुले आफुहरुलाइ सहयोग गर्न आग्रह गरेका छन् ।

  सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगितामा प्रथम भएर आएका खेलाडिहरुले सरोकारवाला निकायहरुले आफुहरुलाइ बेवास्ता गर्नेगरेको गुनासो गरे । मोरङ बहिरा क्रिकेटले विजेता खेलाडिहरुका लागि आयोजना गरेको सम्मान कार्यक्रममा उनिहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै कोशी बहिरा संघका अध्यक्ष मोहन तिवारीले सपांग खेलाडिहरु जस्तै बहिरा खेलाडिहरुले पनि खेलको माध्यमबाट देशको नाम राख्न सक्ने भएपनि सरोकारवाला निकायहरुले आफुहरुलाइ बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्