दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम

<span class='c1'>दक्ष प्रशिक्षक</span> <span class='c2'>उत्पादनकालागी तालिम</span>

पोखरा १० फल्गुन
कास्की जिल्लाको पोखरा स्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा ९ दिने प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिम समपन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीले प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम दिएको हो । तालिममा ११ जिल्लाबाट २४ जना दक्ष प्रशिक्षक बन्न सहभागिता रहेको थियो । प्रशिक्षककालागि तालिममा काँस्कि, तनहु, तेह्रथुम, पर्सा, सप्तरी, सुन्सरी, सुर्खेत, पाल्पा, बाग्लुङ, कैलाली र मोरङ जिल्लाको सहभागिता रहेको थियो । जस्मा मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै बिराटनगर बाट सुमन अधिकारी, उर्लावारीबाट लिलामाया भट्टराई, बयरबनबाट रश्मि भट्टराई, बेलबारीबाट थमराज लिम्बु, मधुमल्लाबाट खगेन्द्र प्रसाद घिमिरे र राजघाटबाट विजय धिमाल गरी ६ जनाको सहभागिता रहेको थियो । अत्याधिक जोखिम प्रभावित जिल्लाको पहिचानगरी रेडक्रसले तालिम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय प्रोग्राम फार्स कोअडिनेटर सुशिलराज रेग्मिले बताए । थप्दै सो क्षेत्रको जोखिमता हटाउन प्रशिक्षक उत्पादन गरी सो क्षेत्रमाहुने समस्याहरुलाई न्युनिकरण गर्न र चेतना जगाउन प्रशिक्षक उत्पादन गरी तालिम दिलाउनु हो । दक्ष प्रशिक्ष उत्पादनकालागी जिल्ला साखाहरुले यी एघार जिल्लामा बेसिक तालिम गराई सो तालिममा उत्कृष्ठ भएकाहरुलाई छनौटगरी दक्ष प्रशिक्षको तालिमका लागी पठइएको नेपाल रेडक्रस सोसाइटी मोरङ साखाका प्रोमोसन अफिसर उद्यवकुमार कार्की बताउछन । तालिममा सर्वोत्कृष्ठ काँस्कि जिल्लाका सुनिल गायक भएका थिए ।
प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धिको सहजिकरण नेपाल रेडक्रस सोसाइटीका एन.सि.जी. सदस्य वा प्रशिक्षक लक्षुमण माली काठमाण्डौ, सुर्य प्रसाद ढकाल काँस्कि, खेमराज सापकोटा काँस्कि, दिबेश कुमार कार्की ललितपुर र एफ ए प्रशिक्षक पबित्रा बस्नेत ललितपुरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्