मोरङको दुई स्थानमा छुरा प्रहारको घटना, दुई घाईते

<span class='c1'>मोरङको दुई स्थानमा छुरा</span> <span class='c2'>प्रहारको घटना, दुई घाईते</span>

विराटनगर ११ चैत्र । मोरङको छुट्टा छुट्टै दुई स्थानमा बुधबार छुरा प्रहारबाट दुई जना घाइते भएका छन्। लेटाङ भोगटेनी नगरपालिका ५ बुधबारे बस्ने ४५ वर्षिय गन्ज बहादुर मगर र कोशी(हरैचा नगरपालिका १२ बस्ने ३७ वर्षिय योगेन्द्र कार्की माथी छुरा प्रहार भएको हो। मगरलाई स्थानीय लोक बहादुर तामाङले सामान्य वादविवाद हुँदा दाहिने पाखुरामा खुकुरीले हानेका थिए भने कार्कीलाई २० वर्षिय कर्ण बहादुर राईले पेटमा छुरा हानेका थिए। गम्भीर घाइते भएका दुबैको धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ भने लिम्बु फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्