मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने

मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने

बिनु तिम्सिना
मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने भएको छ । नौ बर्षदेखि लगातार वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गर्न लागिपरेको तेतरीया गाविस यही चैत्र १३ गते औपचारीक रुपमा बालमैत्री गाविस घोषणा  हुन लागेको हो ।

मोरङको तेतरिया गाबिस नेपाल कै पहिलो बालमैत्री गाबिसको रुपमा स्थापित हुने भएको छ । बिराटनगरबाट झण्डै १० किलो मिटरको दुरीमा रहेको तेतरिया गाबिस अब बालमैत्री बन्ने पक्का भएको छ । यही चैत १३ गते गाबिसलाई बालमैत्री बनाउने बारेमा सबै स्थानीयको ध्यान बालमैत्रीमा केन्द्रीत भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिम सबै ३९ सुचाङ्कहरु पुरा गरी तेतरीया गाविसलाइ बालमैत्री गाविस घोषणा गर्न लागिएको सचिव विश्वमणी न्यौपानेले बताउनुभयो ।

गाविसले वालविवाह, खुल्ला दिशामुत्त गाविस, वालसहभागिता, खोप कार्यक्रम, विद्यालय भर्ना, बजेटमा वालसहभागिता  लगायतका सुचकहरुमा लक्ष्य पुरा गरेको छ ।  नौ वर्षको लामो प्रयासबाट गाविसलाई बालमैत्री बनाउन सफल भएको बताउँदै गाउँबाल संरक्षण समितिका अध्यक्ष राजकुमार विश्वासले यसलाइ स्थायीत्व दिन आफुहरु लागिपर्ने बताउनुभयो ।

गाबिसलाई बालमैत्री बनाउनको लागि २०६३ साल देखि नै अभियान चलेको हो । नेपालकै पहिलो बालमैत्री गाविस घोषणा हुनेभएपछि यहाका बालबालिकाहरु समेत उत्साहित बनेका छन् । गाउँ बालक्लब सञ्जाल की अध्यक्ष दिक्षा चौधरी  बालबालिकाको अधिकार स्थापित गर्नको लागि यो अभियान कोशेढुंगा हुने बताउनुहुन्छ ।

एक हजार ३ सय ५८ घर परिवारका ६ हजार ३ सय ११ जनसंख्या रहेको तेतरियामा एक हजार ४ सय ४५ जना बालबालिका रहेका छन् । जिल्लाको डंग्राहा, बनिगामा, मोतीपुर, सिद्राहा, झोराहाट, लखन्तरी र हात्तिमुडा लगायत सात वटा गाविसहरुको बिचमा रहेको तेतरीया गाविसलाई मात्रै बालमैत्री घोषणा गरेर टिकाइ रहन निकै चुनौतिपूर्ण देखिन्छ । देशकै पहिलो बालमैत्री गाविसका रुपमा स्थापित हुन लागेको तेतरीया घोषणामा मात्रै सिमित हुने हो वा कार्यान्वयन पनि हुने हो त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्