भारतीय कैदीको मृत्यु

भारतीय कैदीको मृत्यु

राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ४६ वर्षीय मियाँको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लामो समयदेखि हरनियाँ र उच्च रक्तचापको उपचार गराइरहेका थिए । उनको गएराति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका प्रमुख कृष्ण दाहालले बताए । आगो लगाएर ज्यान मार्ने उद्योगमा २०६९ जेठ ७ मा जिल्ला अदालत राजविराजले मियाँलाई नौ वर्ष कैद सजाय तोकेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्