राजघाटमा राउण्ड एबाउट निर्माण सुरु

राजघाटमा राउण्ड एबाउट निर्माण सुरु

राजघाट १२ फाल्गुन12874408_1027265667327818_71946050_o मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ ।

राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको सम्झना स्वरुप उनिहरुको स्मृतिमा निर्माण गर्न लागेको स्थानिय युवा उत्तम लिम्बुले जानकारी दिए । राउण्ड एबाउटमा भने राष्टिय विभुति औसिमाङ श्रीजंगा सिङ थेवे लिम्बुको सालिक राखिने स्थानिय वासीको सहमति भएको छ । केहि महिना आघी देखि निर्माण गरिने भनिएता पनि विविध कारणबस निर्र्माण हुन सकेको थिएन । राउण्ड एबाउट भने आम्बरीको मेन सडक उत्तर, दक्षिण उर्लाबारी र झुर्किया त्यस्तै पूर्व,पश्चिम आम्बरी र खाइवा चोक जाने चौबाटोमा निर्माण सुरु भएको हो । सडक कालोपत्रे हुनु अगाबै स्थानियको पहलमा राउण्ड एबाउट हुनुमा विकास भइरहेको संकेत हो । आफ्नो गाँउ आफै बनाउ भन्ने सन्देश दिन्छ यस कार्यले । यस कार्यले गाउँमा हुने र्दुघटना र गाउँको शोभा समेत बढाउने काम गर्ने किरात यक्थुम चुम्लुङ राजघाटका अध्यक्ष जीवन पोमु बताउछन । उत्तर,दक्षिण उर्लाबारी र झुर्किया सडक खण्ड कालोपत्रे सडक निर्माण हल्ला मात्रै काम भने हुन सकेको छैन । यस बाटो कहिले निर्माण हुन्छ भनि स्थानियले बुद्धिजीवि, समाजसेवि तथा राजनैतिक दलका नेताहरुलाई सोधपुछ गर्दा बन्छ बन्छ भन्ने सिवाय केहि बोलेको पइन्न । यति जानकारी चही सबैलाई थाहा छ नेपाल सरकारको रातो फइलमा नाम चढेको छ निर्माण भने कहिले हुने राजघाट वासी आशामा रहेको पाइन्छ ।

उर्लाबारी र झुर्किया सडक खण्डको आम्वारी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा राउण्ड एबाउट निर्माणमा कार्य सुरु भएको छ र कालोपत्रे निर्माण गरीने सवालमा कहँ, के हुदैछ ? भनि प्रश्न गर्दा सम्पुर्ण राजनैतिक दल संग छलफल गरेर मात्रै केही भन्न सकिन्छ, कालोपत्रेको सबालमा उर्लावारीको चिउरा मिल देखि भुर्किया सम्म सडक फराकिलो गर्ने कर्य सम्पन्न भैसकेको छ अब ग्रावेल गर्ने कार्य सुरु गर्न बाँकी छ ग्रावेल सम्पन्न पश्चात उत्तर,दक्षिण उर्लाबारी र झुर्किया सडक खण्ड कालोपत्रे हुने राजघाट गाविसका सचिव चन्द्र प्रसाद पराजुलीले जानकारी दिए । थप्दै यस वर्ष उर्लाबारी, झुर्किया सडक खण्डका लागी चालिस लाख बजेट छुटीएको समेत जानकारी दिए ।

यस निर्माणमा आर्थिक सम्बन्धि केही जानकारी भने दिन चाहेनन् यस विषयमा निर्माण गर्दै जाँदा के कति रकम र मुर्ति कति अग्लोमोटो यी सबै निर्माण सम्पन्न पश्चात सार्वजनिक गरिने उत्तम लिम्बु बताउछन । यस राउण्ड एबाउटको शिल्यन्यास भने किरात याक्थुम चुम्लुङ राजघाट अध्यक्ष जीवन पोमु लिम्बुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्