अफटेकल उद्घाटन साथै प्रहरी जवान सम्मानित

अफटेकल उद्घाटन साथै प्रहरी जवान सम्मानित

- विजय धिमाल
राजघाट १४ फाल्गुन । मोरङको राजघाट दुर्गापुरी स्थित उर्लावारी बरडङगा सडक खण्डमा अफटेकल उद्घाटन साथै राजघाट उत्कृष्ठ एक प्रहरी जवानलाई सम्मान गरीएको छ ।
सवारी र्दुघटना तथा न्युनिकरणका लागि राजघाट गाविसको सहयोगमा ३५ हजार र उपभोक्ता समितिबाट सरसफाई श्रमदान दुइहजार गरी जम्मा ३७ हजार रकम बरावरको अफ्टेकल राखिएको हो । सोही कार्यक्रममा राजघाटमा हुने गरेको लागुऔष लगायत विविध कुराहरु प्रति मेहनतका साथ निर्मुल गर्न राम्रो भुमिका खेलेको भन्दै युवाहरुले प्रहरी जवान खगेन्द (अभिषेक) लावरलाई सम्मान समेत गरेका थिए । सवारी र्दुघटना तथा न्युनिकरणमा प्रहरी र ट्रपिकको मात्र भुमिका नरहेर स्थानिय वासीको पनि मुख्य भुमिका सक्रिय आवश्यक हुने बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राईले आफ्नो भनाइ राखेका थिए । अफ्टेकल निर्माणको आर्थिक आयव्याय भने समितिका अध्यक्ष राजकुमार योञ्जनले प्रस्तुत गर्दै चाडै बैढक बसि हिसाब सार्वजनिक गरीने समेत जानकारी दिएका थिए । त्यस्तै यस अप्mटेकल राखिएकोमा कतिपय को गुनासो आउनु स्वभाविक हो यसले सवारी र्दुघटना हुन बाट बच्न, बचाउन र चेक जाँचकालागी ठुलो भुमिका खेल्ने गरेको ट्रफिक प्रहरी हवल्दार गोकुल प्रसाद आचार्य आफ्नो भनाई राखेका थिए । अफ्टेकल उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव चन्द्र प्रसाद पराजुलीले गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि गाविस सचिव चन्द्र प्रसाद पराजुली, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राई अतिथिहरुमा ट्रफिक प्रहरी हवल्दार गोकुल प्रसाद आचार्य, राजघाट प्रहरी प्रमुख प्रेम जीमी, स्थानिय राजनितिक दलका नेता तथा समाजसेवि बुद्धिजिवि रहेका थिए भने निर्माण समितिका अध्यक्ष राजकुमार योञ्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्