यसरी उछिन्यो जिविसलाई गाविसले

यसरी उछिन्यो जिविसलाई गाविसले

- सुमन तिमल्सिना
विराटनगर, चैत १४ । मोरङको सिसवनी बडहराले पुर्ण सरसफाई गर्ने बारेमा कार्ययोजना तयार पारेको छ । तिन दिन सम्म धनकुटाको भेडेटारमा भएको छलफलबाट कार्ययोजना तयार भएको हो । जिल्ला विकास समिति मोरंगले कार्ययोजना नबनाएको अबस्थामा गाबिसले योजना बनाएको मोरंगमा पहिलो गाविस सिसवनी बडहरा भएको जिल्ला विकास समितीका वातावरण शाखाका उमेश भट्टराईले बताउनुभयो । उहाँले गाबिसबाट शुरु भएको योजनाबाट अरु गाबिसले पाठ सिक्ने आशा ब्यक्त गर्दै जिविसलाई योजना निर्माणमा दवाव सिर्जना गरेको बताउनुभयो ।
बिगत ३ दिन देखि सुनसरीको चाँदबेला र मोरङको सिसवनी बडहराका गाउँ स्वस्च्छता समन्वय समितीका पदाधिकारीहरु तथा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थीतीमा कार्ययोजना निर्माण भएको हो । योजना निर्माणसँगै आगामी २०७४ असार मसान्त भित्र सिसवनी बडहरा गाबिसलाई पुर्ण सरसफाई गाविस घोषणा गर्ने बाटो खुलेको छ । गाविस सचिव कृष्ण प्रसाद खनालले गाविसले बनाएको योजना कार्यन्वयन गर्नको लागि पनि खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान जस्तै यो अभियानलाई पनि स्थानीयको सहभागिता बढ्ने आशा ब्यक्त गर्नुभयो ।
खानेपानी तथा सरसफाई भिभिजन कार्यालयका ईन्जीनियर मोहन महाशेठले खुल्ला दिसामुक्त घोषणा भएका धेरै गाविसहरुको अबस्था सरसफाईको क्षेत्रमा माथि उठ्नु पर्नेमा खस्कीएको टिप्पणी गर्दै खुल्ला दिसामुक्त घोषणा भएपछि सबै गाबिसले यसैगरी योजना बनाएर अघिबढ्नु पर्ने बताउनुभयो । उहाँले खुल्ला दिसामुक्त घोषणा भएका गाविस फेरी घोषणा गर्नु पर्ने अबस्था आउन दिन नहुने उल्लेख गर्नुभयो ।
स्थाननिय बैजु विस्वासले गाविसलाई पुर्ण सरसफाई घोषणा गर्नको लागि आजै देखि सबै एक भएर लाग्ने बताउनुभयो । हरेक कामको शुरुवाती देखी अन्तीम सम्म सबै एक भएर अघि बढ्न सकिएमा बनाएको योजनाले सार्थकता पाएको समेत उल्लेख गर्दै गाविसको अभियानलाई आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सिसवनी बडहरा गाविसलाई पुर्र्ण सरसफाई रणनिति एवम कार्ययोजना निर्माण गर्नको लागि पानी वातावरण र जीवन संस्था वेल बिराटनगर र वल्र्ड भिजन ईन्टरनेशनल नेपालले सहकार्य गरेका हुन् । यो योजना निर्माण भएर कार्यान्वयनमा जान सकेमा जिल्लालाई मात्र हैन दिसामुक्त उन्मुख गाविसलाई मार्गदर्शन प्रसस्त गरेको वेलका पुर्वाञ्चल संयोजक सरद पराजुलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्