आज बिहानै परेको चट्याङ बाट दुुईजना घाइते

आज बिहानै परेको चट्याङ बाट दुुईजना घाइते

ताप्लेजुुङ–सोमबार एकाबिहानै परेको चट्याङ घरमा बज्रदा ताप्लेजुुङ नगरपालिका–३ मा दुुईजना घाइते भएका छन्। ती मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ। चट्याङले घर ध्वस्त बनाएको छ । बैठाने जेठा भनेर चिनिने कृष्णप्रसाद विकको घरमा परेको बिहान साढे ६ बजे परेको चट्याङले कृष्णप्रसादकी बुहारी अम्बिका सेञ्चुुरी विकको पुरै शरीर जलेको छ । शरीर पुरै जल्दा अचेत अवस्थामा रहेकी बुहारी र चट्याङको छार्काले भेटेर अचेत बनेका सुसुरा दुुबैलाई तत्काल उद्धार उपचारका लागि जिल्ला अस्पतालतर्फ पठाइएको स्थानीय धनेन्द्र मादेनले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेपछि आगो घरमा छानोबाट एक्कासी फैलिएको थियो। 'अरु केही देखिएन, एक्कासी आगो घरको छानोबाट मडारिएर पुरै घरमा प्रवेश गरेको मात्र थाहा भयो', कृष्णप्रसादकी श्रीमतीको भनाइ उद्धृत गर्दै मादेनले नागरिकन्युुजसँग भने। उनका अनुुसार घरमा सुती रहेको अवस्थामा आगो लागेका कारण बुहारी अम्बिकालाई आगोले भेटाएको हो। मादेनका अनुसार अम्बिकाको नजिकै सुतेकी उनकी नन्दले भाउजुुलाई आगोले भेटेको थाहा हुुनासाथ पानी खन्याउने प्रयत्न गरेकी थिइन् । तर छानोको ठ्याक्कै तल सुतेकी उनलाई भेटेको आगोले पुरै शरीर जलाइदिएको मादेनको भनाइ छ ।

कृष्णप्रसादकी श्रीमती भने शौचालय गएका कारण उनलाई चट्याङले भेटेन । घरभन्दा केही पर रहेको शौचालय जानुु पूर्व केही नदेखिएको आगो उनी फर्कदा पुरै घर घेरेर धुवाँमुस्लो रहेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुुख डिएसपी रामबहादुर केसीले घटना स्थल तर्फ प्रहरी पठाइएको र बिस्तृत जानकारी आउन वाँकी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्