राजेन्द्र राउतको पेट्रोल पम्पमा आगलागी, दुई मजदुर घाइते

राजेन्द्र राउतको पेट्रोल पम्पमा आगलागी, दुई मजदुर घाइते

प्रेम देवान
विराटनगर १५ चैत्र । मोरंगको टंकीसिनवारी– १ मा रहेको शुभम आयल पेट्रोल पम्पमा आज बिहानै आगलागी हुंदा करिब १५ लाख बराबरको क्षती भएको छ ।
विहान करिब ६ बजे तीर विद्युत सर्ट भई आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । आगलागीबाट पम्पको तेल हाल्ने नोजल तथा मेसिनमा ठूलो क्षति भएको छ । आगो निभाउने क्रममा पम्पमा कार्यरत दुई जना मजदुर पनि घाइते भएका छन् ।
आगलागी विराटनगर वारुणयन्त्रको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्